३ चैत्र २०८२, मंगलवार
नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडाैका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएको हाे ।


शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् । गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।