पर्यटन दिवसको अवसरमा छानिए तीन नयाँ गन्तब्य

होमल्याण्ड खबर

२०७६ आश्विन १० गते, शुक्रबार १३:५८ मा प्रकाशित

आज ४० औं विश्व पर्यटन दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छ । पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको हो।

तीन वटै गन्तब्यका प्रतिनिधिलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे ।

यस वर्ष छानिएका तीन नयाँ गन्तब्य:

चालिस (रुबीभ्याली गाउँपालिका) : धादिङ

फापरखेत (काठेखोला गाउँपालिका) : बागलुङ

धुन्सा (फक्ताङलुङ गाउँपालिका) : ताप्लेजुङ

सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै सो दिनको संस्मरणमा सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउने परम्परा शुरु भएको हो ।