पुलचोकमा सांसद आवास भवन बनाइने

होमल्याण्ड खबर

२०७६ आश्विन १० गते, शुक्रबार १४:४५ मा प्रकाशित

सरकारले ललितपुरको पुलचोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुलचोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिए ।

उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाइ पनि सरकारले बनाएको बताए । शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसाबले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गरे ।