३ चैत्र २०८२, मंगलवार
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा नयाँ बसपार्कमा गरिएको कार्यक्रममा महानिरीक्षक खनालले प्रहरीलाई दसैंको समयमा संयमितरुपमा काम गर्न निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका थिए ।
खानलले सवारी चालकहरुलाई जिम्मेवारीपूर्वक सवारी चलाउन आग्रह गरेका छन्। दसैंको समयमा बस दुर्घटना भएको सुन्नु नपर्नेगरी सवारी चलाउन बस चालकहरुलाई उनले आग्रह गरे।


बिरामीका लागि चिकित्सक भगवान् भएजस्तै यात्रुका लागि चालक पनि भगवान् नै भएकाले चाडपर्वका समयमा सबैलाई सुरक्षित स्थानसम्म पुर्याउन सम्पूर्ण चालकलाई उनले आग्रह समेत गरे ।
महाशाखाले यात्रुबाहक बस चलाउँदा हालसम्म कुनै पनि दुर्घटना नगराएका ७ जना चालकलाई सम्मानित गरेको हो। सडकको अवस्था कमजोर हुँदाहुँदै पनि संयमतापूर्वक सुरक्षित सवारी चलाउनेहरुले सबैलाई सकारात्मक सन्देश दिएको खनालको भनाइ छ।