चालक र सहचालकलाई पनि नियुक्तिपत्र दिनुपर्ने

होमल्याण्ड खबर

२०७४ चैत्र २० गते, मंगलवार ०८:०२ मा प्रकाशित

सरकारले सर्वाजनिक सवारी साधनमा काम गर्ने चालक तथा सह–चालकलाई पनि गाडीवालाले अनिर्वाय रुपमा नियुक्तिपत्र दिनुपर्ने नियम ल्याएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्र्यिवधि निर्दे्शिका २०६० को संसोधन गर्दै सार्वजनिक सवारी साधनमा काम गर्ने मजदूरलाई नियुक्ति–पत्र अनिवार्यगरेको छ । यसअघि विभिन्न यातायात व्यवसायी समितिको सिफारिसमा रुट परमिट दिदै आएको थियो । अबदेखि यस्तो ब्यवस्था हटाएर कम्पनी वा फर्म मार्फत पन्जीकरण भएर आएका सवारी साधानलाई मात्रै संचालन अनुमति (रुट परमिट) दिइने ब्यवस्था विभागको छ ।
सार्वजनिक सवारी सञ्चालनका लागि कम्पनी वा फर्म मार्फत पन्जीकरण हुने पर्ने र कम्पनी वा फर्मले नै सवारीमा राख्ने कर्मचारीलाई नियुक्तिपत्र दिनु पर्ने व्यवस्था गरिएको हो । सार्वजनिक सवारीमा अहिले काम गर्ने मजुरको सेवा सुविधा अति नै न्युन भएको र रोजगारीको सुनिश्चितता नभएको गुनासो आएपछि यस्तो ब्यवस्था गरिएको विभागले जनाएको छ ।