९ मंसिर २०८१, आईतवार
ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको आज शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुल्चोकमा नयाँ मन्त्री निवास शिलान्यास गरेका हुन् ।
सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न अलग-अलग भवन बनाउँदै छ ।
दुई वर्षभित्र मन्त्री निवासका साथै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख, उपसभामुखका लागि २७ वटा भवन बनाइनेछ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।