९ मंसिर २०८१, आईतवार
चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने भएपछि सरकारले काठमाडाैं उपत्यकाको सडक मर्मत शुरू गरेको छ ।
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायत भिभिआइपी आउँदा उपत्यकाका सडक मर्मत गरेर चिटिक्क पारेको थियो ।
चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत शुरू गरेको छ ।
सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विदेशी पाहुनालाई लक्ष्य गरेरभन्दा पनि नियमित सडक मर्मत गर्ने योजना अनुसार काम गर्न लागेको बताएका छन् ।