१० मंसिर २०८१, सोमबार
प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रशारण नगरेको भन्दै दूरदर्शन टिभीका एक सहायक निर्देशक निलम्बनमा परेका छन् ।
सेप्टेम्बर ३० मा चेन्नेई आईआईटी मद्रासको अनुसन्धान केन्दमा आयोजित ‘सिंगापुर–इण्डिया ह्याकथान’ लाई गरेको प्रधानमन्त्री मोदीको सम्बोधन प्रशारण नगरिएको आरोपमा दूरदर्शनका सहायक निर्देशक आर वासुमतिलाई निलम्बन गरिएको हो ।
भारतको सार्वजनिक प्रसारण एजेन्सी, प्रसार भारतीले जारी गरेको निलम्बन पत्रमा कारण भने खुलाइएको छैन । चेन्नईमा दूरदर्शन केन्द्रकी सहायक निर्देशक ९कार्यक्रम० आर वासुमतिलाई सम्बन्धित नियमानुसार ‘तत्काल प्रभाव’ बाट निलम्बित गरिएको पत्रमा उल्लेख छ । ‘द वायर’ सँग प्रसार भारतीका प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ शशी शेखरले ‘आन्तरिक प्रशासनिक मामिलामा टिप्पणी गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।
‘न्यूज मिनट’ ले प्रसार भारती निकट स्रोतलाई उद्धृत गर्दै वासुमतिले जानाजान प्रधानमन्त्री मोदीको भाषणको लाइभ प्रसारण नगरेको बताएको छ । प्रधानमन्त्री मोदीले ‘सिंगापुर–इण्डिया ह्याकथान’ र मद्रास आईआईटीको ५६ औं दीक्षान्त समारोहलाई सम्बोधित गरेका थिए ।