३ चैत्र २०८२, मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् ।
म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान म्यानमारको राजकीय भ्रमणका लागि गएकी हुन् ।


राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन् ।
यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा हेलिकोप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।