१० मंसिर २०८१, सोमबार
साउदी अरबको मदिना नजिकै हिजरा रोडमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ ।
अरब न्युजका अनुसार मृत्यु हुने सबै तिर्थालुहरु थिए । ३९ यात्रु बोकेर गुडिरहेको बस अर्को सवारीसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई अल हम्ना अस्पतालमा उपचारका लागि लगिएको छ ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।