यातायातको सिन्डिकेट विरुद्ध सरकार आक्रामक

होमल्याण्ड खबर

२०७४ चैत्र २१ गते, बुधबार ११:०७ मा प्रकाशित

सिन्डिकेट विरुद्ध आक्रामक बनेको सरकारले एकैदिन चार वटा कम्पनीलाई धुलिखेल र पनौतीका लागि अस्थायी रुट दिएको छ ।
सरकारले सम्भवत इतिहासमै पहिलो पटक यस्तो निर्णय गरेर रुट इजाजत दिएको हो । यातयात व्यवस्था विभागका अनुसार साझा यातायात,सिटी मेट्रो यातयात,अन्नपूर्ण यातायात, शिवदर्शन प्राली र मध्य उपत्यका यातायातलाई रुट इजाजत दिएको हो । विभागले सिन्डिकेटको पक्षमा उत्रिएपछि एकै दिनमा रुट इजाजत दिने घोषणा गरेको थियो । यो घोषणापछि ती कम्पनीले बस संचालनका लागि आवेदन दिएका थिए । विभागका अनुसार कोटेश्वर पूर्वका यातायात व्यवसायीले सेवा ठप्प पारेपछि चार वटा कम्पनीलाई अस्थायी रुट इजाजत दिएको बताएको छ । साझा यातायातका १० वटा बसलाई पनौतीसम्म र अरु १० वटा बसलाई धुलिखेलसम्म इजाजत दिइएको हो । आजै यो रुटमा नयाँ २५ वटा बसले इजाजत पाएर सेवा सुरु गरेको विभागले जनाएको छ ।
विभागका अनुसार रुट इजाजत माग्ने कम्पनीहरु धमाधम आइरहेका छन् । रुट र यात्रुको चापलाई मध्यनजर गर्दै विभागले नयाँ कम्पनीका बसहरुलाई अस्थायी रुट इजाजत दिएको छ । बसको संख्या र चल्ने रुट खुलाएर निवेदन दिए रुट इजाजत पाइने विभागले बताएको छ ।