४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली कार्तिक ७ गते बिहीबार अजरबैजान जाने भएका छन् ।
अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरुको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।


कार्त्तिक ८ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ ।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरुको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन तय भएको छ । परराष्ट्रका अनुसार, सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली कार्तिक १० गते स्वदेश फर्किने छन् ।