गोदावरी पुष्प मेलाको अन्तिम दिन अवलोकनकर्ताहरुको भिडभाड (फोटोफिचर)

होमल्याण्ड खबर

२०७६ कार्तिक ४ गते, सोमबार १८:१९ मा प्रकाशित

कात्तिक एक गतेबाट सुरु भएको १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आज अन्तिम दिन पनि मेलामा भिडभाड नै देखिएको थियो । अन्य दिनको तुलनामा शनिबार र अन्तिम (आज) भिडभाड निकै भएको कार्यक्रम संयोजक जेवि तामाङ्गले बताए । मेलामा मनै लोभ्याउने विभिन्न थरीका फूलले जो कोहिलाई पनि आकर्षित गरेको छ । गोदाबरी, सयपत्री, मखमली जस्ता विभिन्न किसिमका फुलहरु प्रदर्शन गरिएको थियो ।

तिहार लक्षित गरेर फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको मेलामा तीन दिनमै अपेक्षा गरे भन्दा बढीको कारोबार भएको तामाङ्गले जानकारी दिए । चार दिनसम्म चलेको उक्त मेलामा एसोसिएसनले ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर अन्तिम सम्म आइपुग्दा करिब ७१ लाख रुपैयाँको कारोबार भएको कार्यक्रम संयोजक तामाङ्गको भनाई छ ।