जनकपुरमा गोली हानी एकको हत्या

होमल्याण्ड खबर

२०७६ कार्तिक ६ गते, बुधबार १२:०५ मा प्रकाशित

जनपुरधाम उपमहानगरपालिका–१४ स्थित विद्युत प्राधिकरण नजिक एक जनाको गोली हानी हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१ का अन्दाजी ४० वर्षीय मनोज साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मृतक शाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि छानविन गरिरहेको प्रहरीले जनाएको छ ।