१० मंसिर २०८१, सोमबार
जापानका वाणिज्य मन्त्री इशु सुगावाराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको थियो ।
नवनियुक्त मन्त्री सुगावाराले टोकियोका आफ्ना मतदाताहरुलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरुले लेखेका थिए । उनले शोकमा रहेको एक परिवारलाई सहयोगबापत २० हजार जापानी येन दिन खोजेको बताइएको छ ।
जापानमा मृतकको परिवारलाई सहयोगस्वरुप पैसा दिने आमप्रचलन छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरुलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ ।
साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एक जना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए ।
सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरुको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो ।
सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन् ।
‘म मेरो समस्याको कारणले संसद्मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,’ सुगावाराले बताए ।
प्रधानमन्त्री सिन्जो अबेले भने,’उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु । म जापानी नागरिकहरुसँग माफी चाहन्छु ।’