४ चैत्र २०८२, बुधबार
कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे रहेका छन् ।


प्रहरीले चलाएको गोली लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले भने पाण्डेको मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन ।
लक्ष्मी पूजाको मूर्ति बिर्सजनको विषयमा दुई पक्षबीच झडप भएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा बिहान ११ बजेदेखि लागू हुनेगरी कर्फ्यू लगाइएको छ ।