४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ ।
डायलाइसिस गर्नका लागि प्रधानमन्त्री ओली धापासीमा रहेको ग्राण्डी अस्पताल गएका हुन् ।


उनको आज तेस्रो पटक डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री अस्पताल जाने भए पछि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि पछि सारिएको छ । मन्त्रिपरिषद् बैठक पछि उम्मेदवार छनोट गर्नका लागि सचिवालय बैठक पनि बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक मृगौलाको डायलाइसिस गराइसकेका छन् ।