मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

होमल्याण्ड खबर

२०७६ कार्तिक १७ गते, आईतवार १४:२० मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म बसेको थियो। गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।

यसअघि प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएर फोक्सोको एक्सरे गरेका थिए।