४ चैत्र २०८२, बुधबार
पर्सा प्रहरीले मंगलबार राति बालक अपहरणकारीलाई गोली हानेर पक्राउ गरेको छ । साथै अपहरणमा परेका बालकको पनि सकुशल उद्धार गरेको छ ।
दश दिनअघि अपहरणमा परेका बालकको उद्धार गर्ने क्रममा प्रहरीले गोली हानेर अपहरणकारी पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई पक्राउ गरेको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ ।


गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताइएको छ ।