४ चैत्र २०८२, बुधबार
श्री एयरलाइन्सको जहाज र पार्किङ गरिराखेको यतिको जहाज ठोक्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा दुई जहाज ठोक्किएका हुन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।


विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ ।