भारतले नेपालको भूमि हडपेको विरोधमा कोटेश्वरमा विशाल विरोध प्रर्दशन

होमल्याण्ड खबर

२०७६ कार्तिक २४ गते, आईतवार १३:४२ मा प्रकाशित

भारतले सार्वजनिक गरेको नयाा नक्साको विरोधमा अहिले नेपालको सबैतिर चर्को विरोध भैरहेको छ ।

नेपाली भूभाग कालापानी र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समेटेर सार्वजनिक गरेपछि यसको विरोध चर्किएको हो ।

विभिन्न राजनितिक दलका भातृ संगठन लगाएत विद्यार्थी संगठनहरु साथै स्वतन्त्र नागरिक संघ संस्थाहरु विरोधमा उत्रिएका छन् ।

नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य मात्रामा विद्याथीहरुले सहभागिता जनाएका थिए ।

दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटेको भन्दै बिरोध गरिएको नेबिसंघले जनाएको छ ।

प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै सहभागीहरुले राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप सहन नसकिने भन्दै सीमामा कुनै पनि छिमेकीको हस्तक्षेप स्विकार्न नसकिने बताए ।