निदान अस्पतालका सिइओ सहित ५ जना थुनामा

होमल्याण्ड खबर

२०७६ कार्तिक २७ गते, बुधबार १४:१७ मा प्रकाशित

मिर्गौला तस्करी आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ।

अदालतले काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो।

उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढाइएको हो।