निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने

होमल्याण्ड खबर

२०७६ कार्तिक २८ गते, बिहीबार १४:२८ मा प्रकाशित

निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले नयाँ बन्ने निजामति सेवा ऐनमा नै उमेरहद ६० वर्ष राख्ने निर्णय गरेको हो।

नेपालीहरूको औसत आयु बढेको भन्दै कर्मचारीको उमेरहद पनि बढाउन यसअघि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वको समितिले सिफारिस गरेको थियो।

यब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।