चीनले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा चीनविरुद्व पनि शुरु भयो प्रदर्शन

होमल्याण्ड खबर

२०७६ कार्तिक २८ गते, बिहीबार १६:१६ मा प्रकाशित

भारतले नेपाली भूभाग मिचेर आफ्नो नक्सामा पारेको विरोध चलिरहेको समयमा चीनले पनि नेपालको भूभाग अतिक्रमण गरेको तथ्य बाहिरिएपछि चीन विरुद्व पनि विरोध प्रर्दशन शुरु भएको छ ।

चीनले नेपालको ३६ हेक्टर भूभाग मिचेको विरोधमा काठमाण्डौमा मौन जुलुस निकालिएको छ । सोही विषयलाई लिएर स्वतन्त्र नागरिक समूहले विरोध जनाएका छन् ।

‘संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको हो,’ भन्दै र्‍यालीमा प्लेकार्ड सहित विरोध जनाएका थिए । उनीहरुले ‘अवैध चीनियाँ नागरिक फिर्ता जाउ’ जस्ता नाराहरु थिए ।