४ चैत्र २०८२, बुधबार
धादिङ जिल्लाको बेनिघाटस्थित पृथ्वीराजमार्गको खटौटी पुलमा ग्यास बोक्ने भारतीय बुलेट पल्टँदा एकतर्फी रुपमा मात्र खुलेको छ ।
आइतबार बिहान पल्टिएको बुलेटबाट ग्यास लिक भइरहेका कारण नजिकैको ग्यास उद्योगबाट प्राविधिकहरू बोलाएर त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।


यस्तै, अप्रिय घटना नहोस् भनेर धादिङबाट दुर्घटनास्थलमा दमकल पनि पठाइएको छ।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको पीआर ०६ जीडी १११३ नम्बरको ईन्डियन बुलेट टेन्कर गाडि आफैँ अनियन्त्रित भई पल्टिँदा गाडि चालक र सहचालक सामान्य रहेको प्रहरीले जनाएको छ।