जाडोका कारण हार्टअट्याकको जोखिम उच्च

होमल्याण्ड खबर

२०७६ मंसिर २ गते, सोमबार १०:५१ मा प्रकाशित

मुटु संवेदनशील अंग हो । मुटुमा चिसोका कारण संक्रमण बढ्न सक्छ । हाम्रो शरीरले न्यानोपनको खोजिरहेको हुन्छ । जाडोमा चिसो हुने भएकाले धेरैले आफ्नो नियमित व्यायाम नै गर्दैनन् ।

जाडो मौसममा मुटुसँग सम्बन्धित रोगको जोखिम हुने गरेको छ । अहिले चिसो मौसम सुरु भएका कारण यसबारे जानकारी लिन आवश्यक हुन्छ ।

जाडोको समयमा शरीरि निस्क्रिय भएमा हृदयघात अर्थात हार्ट अट्याकको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।

जाडोको समयमा शरीरको नशाहरु साँघुरिने हुन्छन् । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ । यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ । पछिल्लो समयमा मानिसहरुमा हार्टअट्याकको समस्या बढेको पाइन्छ ।

हार्टअट्याकका कारण

सुर्तिजन्य पदार्थको प्रयोग, धुम्रपान र अत्याधिक मदिरा सेवन, वंशाणुगत गुण, अस्वस्थ्यकर खानपान, मानसिक तनाव आदीका कारण हर्टअट्याकको जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

जोखिम भएपनि हार्ट अट्याकबाट बच्ने उपायहरु नभएका होइनन् ।

त्यसका लागि उच्च रक्तचाप, माटोपना र सुगरलाई नियन्त्रण गर्ने काम गर्नु पर्छ । त्यसका लागि दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने गर्दा मुटुलाई जोगाउन सकिन्छ । यस्तै छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।

तनावका कारण पनि मुटु सम्बन्धी समस्या देखिन जान्छ । त्यसैले तनावबाट मुक्त रहने गर्नुहोस् र बेलाबेलामा मुटुको परीक्षण गराउने गर्नुहोस् ।