९ मंसिर २०८१, आईतवार
नागढुंगा सुरुङमार्ग निर्माण को खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’बाट प्रस्ट हुने आयोजनाले जनाएको छ ।
नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ । कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो।
कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ। आयोजनाले ४२ महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्न कात्तिक २८ गतेदेखि ठेकेदारले काम गरेको समय शुरू भएको जनाएको छ। उक्त दिनदेखि ठेकेदारले काम गरेको मान्ने आयोजना प्रमुख खरेलले बताए ।
निर्माण कम्पनीले चाँडै सर्भे सम्पन्न गरेर काममा खटिने जनाएको छ ।