४ चैत्र २०८२, बुधबार
टुटल पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन्।
यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए।


यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो।