४ चैत्र २०८२, बुधबार
१३ औँ दक्षिण एसियाली खेलकुद आइतबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ ।
काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन ।


दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो ।
दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् ।
यसलाई लक्षित गरी आइतबार ट्राफिक व्यवस्थापनका लागि विजोर नम्बरका सवारी साधान मात्रै चलाउन पाइने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाले साग खेलकुद प्रतियोगिताको उद्घाटनलाई सहज पार्न आज काठमाडौं उपत्यकाको चक्रपथभित्र बिहानैदेखि बिजोर नम्बरका सवारीमात्र सञ्चालनमा आएको जनाएको छ । महाशाखाका अनुसार, रिङ रोड र रिङ बाहिर भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । त्यस्तै सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।
जोर–बिजोर सवारीसाधनको अन्तिम नम्बरको आधारमा छुट्याइएको छ ।