८ मंसिर २०८१, शनिबार
काठमाण्डौ ओपन ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिता पार्क भिलेज रिसोर्टमा बिहिबार भव्य रुपमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बि क ले उद्घाटन गरेका छन् ।
नेपालमा विभिन्न खेलका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरु नियमित भई रहेका
छन् । तथापी खेलाडी, प्राविधिक तथा प्रशिक्षकहरुलाई अनुबन्धित गरेर नियमित प्रशिक्षण गर्ने गराउने तथा नियमित आयआर्जन गराई जिविकोपार्जनमा समेत सहयोग पु¥याई व्यवसायिक रुपमा अघि बढ्दै जाने उद्देश्य अनुरुप हामीले चेस (बुद्धिचाल) खेलको अन्र्तराष्ट्रिय प्रतियोगिता मार्फत पहिलो पाईला चाल्ने जमर्को होमल्ययाण्ड स्पोर्टस क्लब नेपालका अध्यक्ष प्रकाश अधिकारीले २९ गतेबाट बैशाख ४ गतेसम्म काठमाडौको बुढानिलकण्ठ अवस्थित पार्क भिलेज होटल एण्ड रिसोर्टमा नेपालमै सर्वाधिक पुरस्कार राशिको “काठमाण्डौ ओपन ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिता” सञ्चालन भैरहेको बताएका छन् ।
कुल १० लाख रुपैंया नगद पुरस्कार रहेको प्रतियोगितामा अमेरिका, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी करिव सय जना तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागीता रहने छ । स्विस लिग अनुसार ९ चरणसम्म चल्ने प्रतियोगितामा १२ जना ग्रान्डमास्टर, १४ जना ईन्टरनेशनलमास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेटमास्टरका बीच प्रतिश्पर्धा । प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडीको सहभागिता रहेको छ ।
चेस खेलाडीलाई ईन्टरनेशनलमास्टर तथा ग्रान्डमास्टर बन्न आवश्यक पर्ने नर्म सर्टिफिकेट प्राप्तिका लागि प्राविधिक हिसाबले यस प्रतियोगितालाई विश्व चेस जगतले नै महत्वपूर्ण रुपमा लिएको छ । प्रतियोेगिता आयोजनाका निमित्त नेपाल बुद्धिचाल संघ, एसियन चेस फेडेरेसन तथा वल्र्ड चेस फेडेरेसन को सहयोगमा सञ्चालन भैरहेको छ । प्रतियोगिता सञ्चालन गर्न नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अन्तराष्ट्रिय आर्विटर (निणार्यक) हरु आइप’गेका छन् ।
सन् २०१५ को विनाशकारी भुकम्प पश्चात नेपालमा प्रायः ठुला प्रतियोगिताहरु नभईरहेको सन्दर्भमा यस प्रतियोताले नेपाल सुरक्षित रहेको समेत सन्देश दिनेछ । प्रतियोगितामार्फत नेपालको समग्र पर्यटन प्रवद्र्धनमा विश्व समुदायमाझ सकारात्मक उर्जा प्रवाह हुने विश्वास गरिएको छ । विशेषतः नेपालसम्वन्धी भूकम्पको विध्वंशात्मक स्वरुप मात्र संप्रेषित भैरहेको विश्व पर्यटन बजारमा यस प्रतियोगितात्मक उत्सवले सकारात्मक संदेश प्रवाह गर्न सहयोग पुग्ने छ । केएनपी जापान प्रालि मुख्य
प्रायोजक रहेको प्रतियोगिताको अनुमानित लागत ७८ लाख रुपैं रहेका यो छ ।
अन्तराष्ट्रिय महत्वको यस प्रतियोगिताले खेल प्रेमी, पर्यटन व्यवसायी एवम् स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा उच्च आत्मसम्मान तथा गौरवको महशुस हुने गरी कार्यक्रमलाई उत्सवको रुपमा प्रस्तुत गर्न यहाँहरुको महत्वपूर्ण भूमिका रहन्छ । प्रतियोगितासम्वन्धी रोचक जानकारी र प्रस्तुतिले यहाँको महत्वपूर्ण सञ्चार माध्यमलाई अझ आकर्षक र रुचिकर बनाउन सहयोग पुग्ने रिपोर्ट, फिचर तथा अन्तरवार्ताहरु निरन्तर संप्रेषण गरेर आवश्यक सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएको
होमल्ययाण्ड स्पोर्टस क्लब नेपालका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिएका छन् ।