नयाँदिल्लीमा भीषण आगलागी, कम्तीमा ३२ को मृत्यु

होमल्याण्ड खबर

२०७६ मंसिर २२ गते, आईतवार १०:४५ मा प्रकाशित

भारतको नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको एक गोदाममा आइतबार बिहान आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक गोदाममा आगो लाग्दा भित्र रहेका मानिसहरुको निसास्सिएर मृत्यु भएको हो।

३० वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणमा आए पनि अझै केही मानिसहरु भित्र फसिरहेका छन् ।

५० जनालाई बाहिर निकालिएको छ । घाइतेहरूको विभिन्न अस्पताल उपचार भइरहेको छ। अझै पनि उद्धारको कार्य चलिरहेको छ ।

साँघुरो सडकका कारण दमकलहरु आगलागी भएको स्थानमा जान समस्या भइरहेको दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले बताए ।