४ चैत्र २०८२, बुधबार
बाँकेको कोहलपुरमा ट्रकले विद्यालय हिँडेकी एक छात्रलाई ठक्कर दिएपछि चर्किएको प्रदर्शन उग्र बनेपछि बाँकेमा कर्फ्यू लागेको छ ।
कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको हो ।


कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो।
प्रहरीले विद्यार्थीको प्रदर्शनमा बल प्रयोग गरेपछि प्रदर्शनले झनै उग्र रुप लिएको थियो ।