आज कोहलपुरका सबै शैक्षिक संस्था बन्द, प्रदर्शन भए पुन: कर्फ्यू लाग्ने

होमल्याण्ड खबर

२०७६ मंसिर २३ गते, सोमबार ११:४७ मा प्रकाशित

बाँकेको कोहलपुर नगरपालिका–११ की १२ वर्षिया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार तनावग्रस्त रहेको कोहलपुरका सबै विद्यालय आज बन्द गरिएका छन् ।

प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो ।

अहिले पनि कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको छ । फेरी पनि प्रदर्शन भए कर्फ्यू लाग्न सक्ने स्थानिय प्रशासनले जनाएको छ, ।

कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।