काठमाडौंमा मंगलबार जोर नम्बरका सवारी मात्र चलाउन पाइने

होमल्याण्ड खबर

२०७६ मंसिर २३ गते, सोमबार १२:१५ मा प्रकाशित

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहमा रहेकाले भोलि मंगलबार काठमाडौं उपत्यका भित्र जोर नम्बरका मात्र सवारी साधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

मंसिर १५ गते आइतबारबाट सुरु भएको १३ औं सागको भोलि अर्थात् मंसिर २४ गते समापन हुने दिन ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेको हो ।

यस्तो छ ‘ महानगरिय ट्राफिक प्रहरी महाशाखाको अनुरोध ‘

मिति २०७६ मंसिर २४ गते हुने १३औं दक्षिण एशियाली खेलकूद (साग) को समापनका दिन  ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन लागि आम उपत्यकावासीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध ।

१.    मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन ।

२.    ठुला मालवाहक  सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु हुन ।

३.    दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको  प्रयोग गरिदिन हुन ।

४.    २४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू  निकाल्नु हुन ।

५.    सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन ।

६.    खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौं मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन ।

७.    हर्नलाई पूर्ण रूपले निषेध गर्नुहुन ।

८.    ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नु हुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन ।

९.    ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेघाहर्ज सुन्नहुन  ।

तपाईको सुरक्षित यात्रा, ट्राफिक प्रहरीको सुवेक्षा !

१३ औं साफ गेमको सफलता, हाम्रो देशको प्रतिष्ठा !!

भिम प्रसाद ढकाल
प्रहरी वरिष्ठ उपरिक्षक
(कार्यालय प्रमुख)
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ