नेपाली बालिकालाई जबर्जस्ती करणी गर्ने अमेरिकी नागरिक पक्राउ

होमल्याण्ड खबर

२०७६ मंसिर २३ गते, सोमबार १६:४७ मा प्रकाशित

प्रहरीले बाल यौन दुराचारमा संलग्न एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

आर्थिक प्रलोभन देखाई तथा खानेकुरा दिई ललाई फकाई गरी नेपाली बालबालिकालाई यौन शोषण गर्ने अमेरिकाका ४० वर्षीय जासन लोर्ड मुडिलाई आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रहरीले तीन बालिकासहित उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो । प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ बालिकाको उद्धार पनि गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका एसपी वेलबहादुर पाण्डेले जानकारी दिए ।