रंगशाला भित्रै प्रहरीले गर्‍यो पत्रकारमाथि कुटपिट

होमल्याण्ड खबर

२०७६ मंसिर २४ गते, मंगलवार १२:३१ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन अर्थात समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ ।

रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

चापागाईलाई डिएसपी एसएस राठोरसहितका प्रहरीले अपशब्द बोल्दै कुटपिट गरेको हो । घाइते चापागाईको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।