४ चैत्र २०८२, बुधबार
कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको हो ।
आइतबार कोहलपुर–६ मा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा लगाएको मंगलबार विहान १०ः३० बजेबाट पूर्ण रुपमा हटाइएको हो ।


यसैबीच, नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय, बाँकेमा तानिएका छन् । जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई कोहलपुरमा पठाइएको छ ।