ट्याक्सीमाण्डु एप सार्वजनिक, अब बोलाउनुस् ट्याक्सी घरमै

होमल्याण्ड खबर

२०७६ मंसिर २७ गते, शुक्रबार १५:२७ मा प्रकाशित

उपभोक्तालाई ट्याक्सी खोज्न सजिलो हुने हेतुले नयाँ एप्लिकेशन ‘ट्याक्सीमान्डु’ सञ्चालनमा आएको छ ।

यो एपले ट्याक्सी चालक र यात्रुबीच समन्वय गरेर सेवा दिने कम्पनीले जनाएको छ । एपमार्फत ट्याक्सी बुकिङ गर्दा यातायात व्यवस्था विभागले तोकेको शुल्कभन्दा दूरी हेरेर १० देखि १२ प्रतिशत अतिरिक्त शुल्क लाग्ने ट्याक्सीमाण्डु सर्भिस प्रालिका प्रबन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए ।

ट्याक्सी चालक र यात्रुको नागरिकता, लाइसेन्स र फोन नम्बर कम्पनीमा रजिष्टर हुने भएकोले चालक र यात्रु दुबैलाई कुनै प्रकारको जोखिम नहुने कम्पनीले जनाएको छ ।

एपमा आवद्ध हुने चालकलाई ह्याम्स हस्पिटलमा उपचार गराउदा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने छन्। त्यस्तै यात्रुले इसेवाबाट रकम भुक्तान गर्दा ५ प्रतिशत क्यास ब्याक पाउनेछन्ट्या क्सीमाण्डुमा हालसम्म १ हजार २ सय ट्याक्सी आवद्ध भइसकेको केसीले दाबी गरे ।