८ मंसिर २०८१, शनिबार
चक्रपथ विस्तारका लागि कलंकीमा निर्माण भइरहेको अन्डरपासको ब्रेक–थ्रु एक महिनाभित्रै गरिने भएको छ । लामो समयबिव्ता पनि काम नसकिँदा सो स्थानमा सवारी जामको समस्या निकै छ ।
चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अन्डरपास छिचोल्ने काम अब अन्तिम चरणमा पुगेको जनाएका छन् । अन्डरपासको ब्रेक–थ्रु एक महिनाभित्रै गर्छौं, त्यसपछि फिनिसिङको काम अघि बढ्छ’ उनले भने ।
पछिल्लो पटक दिइएको म्यादअनुसार करिब साढे ३ महिनामा कलंकी–कोटेश्वर चक्रपथ विस्तारको काम सकिनुपर्छ । आठ लेनमा विस्तार हुँदै गरेको यो खण्डको काम ९३ प्रतिशत सकिएको चक्रपथ विस्तार आयोजनाका प्रमुख भण्डारीले जानकारी दिएका छन् । बाँकी काम तोकिएकै समयमा सक्न कठिन हुने देखिएको छ । तर, आयोजना काम समयमै सकिनेमा विश्वस्त छ ।
कलंकी कोटेश्वरको १०.३९ किलोमिटर खण्डमध्ये ८ किलोमिटर विस्तारित खण्डमा पहिलो चरणको कालोपत्रे सकिएको छ । कलंकीको खसीबजारदेखि बल्खुसम्मको खण्डमा भने काम भइरहेको छ ।
सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुरुप कम्पनी लिमिटेडबीच ०७३ माघ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौता बमोजिम ०७० भदौ देखि मात्र विस्तार थालिएको थियो ।
अहिले स्थानमा सडक विभाग आफैंले आकाशे पुल बनाउँदैछ । फुटपाथका बाँकी नै छ । चीन सरकारको करिब पाँच अर्ब रुपैयाँ अनुदानमा यो खण्ड विस्तार भइरहेको छ ।