५ चैत्र २०८२, बिहीबार
दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आज बिहान दुर्घटना भएको थियो ।


उक्त बस भक्तपुरबाट रिर्जभ गएको थियो ।
तिर्थयात्रु बोकेको बस दुर्घटनामा मृत्यु हुने मध्ये एकजनाको मात्रै सनाखत भएको छ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सनाखत हुनेमा दोलखा भिमेश्वरी नगरपालिका ४ की ३६ वर्षीया जुना तामाङ रहेको छ ।
दुर्घटनामा घाइते भएका १८ जना मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
१२ जनाको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।