९ मंसिर २०८१, आईतवार
भोजपुरमा जिल्ला प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । सरकारको नियमित बजेटबाट नवनिर्मित भवनको आइतबार भोजपुर पुगेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् ।
भोजपुर प्रहरीका अनुसार भवन निर्माणका लागि २८ जेठ ०७४ मा किराँतेश्वर–ओम जाम्बियोङ जेभी काठमाडौंसँग सम्झौता भएको थियो । जसअनुसार ४ करोड ८२ लाख रुपैयाँको लागतमा भवन बनाइएको हो ।
भवन निर्माणको पहिलो चरणमा तीन तले कार्यालय भवन तयार भएको छ । साथै, परिचालन कक्ष, कार्य शाखा, अपराध अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, प्रबन्ध शाखा, सामुदायिक शाखा र भिन्दाभिन्दै महिला तथा पुरुष हिरासत कक्ष लगायतको व्यवस्था गरिएको छ ।