कोठामा कोइला बालेर सुत्दा निसास्सिएर आमा छोराको मृत्यु

होमल्याण्ड खबर

२०७६ मंसिर ३० गते, सोमबार ११:४७ मा प्रकाशित

काठमाण्डौं किर्तिपुरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर आमा छोराको मृत्यु भएको छ ।

किर्तिपुर सुन्दरबस्तीका वराज रञ्जितकारकी श्रीमती शर्मिला रञ्जितकार र दुई महिने बालकको कोठाका निसास्सिएर मृत्यु भएको हो ।

उनीहरु कोठामा हावा पास नहुने गरि झ्याल ढोका बन्द गरेर सुतेकाले अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।