८ मंसिर २०८१, शनिबार
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो अत्याधुनिक नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ । यो एप् गुगलमा उपलब्ध गरिएको छ ।
मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डि–म्याट खाता, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस् ९पिएमएस०, सामुहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामायिक सुचनाहरु जहाँबाट पनि सजिलै प्राप्त गर्न सकिन्छ । मोबाइल एप्स सेवामार्फत ग्राहकहरुले आफ्नो डि–म्याट खाता तथा पि.एम्.एस्को सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।
इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले समयको प्रवाहसँगै आगामी दिनहरुमा चाँडै यस एप्समार्फत नै डि–म्याट खाता खोल्न सक्ने तथा अनलाइन पेमेन्ट गर्न सक्ने जस्ता अत्याधुनिक सुविधाहरू चाँडै संचालन गर्ने योजना अगाडि सारेको कुरा पनि व्यक्त गरका छन् ।