५ चैत्र २०८२, बिहीबार
समुदाय प्रहरी साझेदारी अन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ शुभारम्भ भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच अभियान सुरु भएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनचेतनाको निम्ति सडक सुरक्षा कार्यक्रम एजेण्डाको रुपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनको लागि सरोकारवाला निकायहरुको सहकार्य अतुलननीय रहेको उल्लेख गरे । साथै मानवीय त्रुटिमा कमी ल्याई सवारी दुर्घटनामा न्यूनीकरण गर्न अभियान सफल बनाउनुपर्ने समेत उनले बताए ।


कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष सोम तामाङ र हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले अभियानको महत्व तथा सफलताको शुभकामना सहित आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले अभियानबारेमा जानकारी दिएको उक्त कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
महानगरीय ट्राफिक प्रहरी माहाशाखाको आयोजना र सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको उपस्थितिमा सडक प्रयोगकर्ता, पैदलयात्री, चालकरसहचालक, स्कुलरकलेजका विद्यार्थीहरुको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने उद्देश्यले उक्त अभियान शुभारम्भ गरिएको हो ।
ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म र्पुयाउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतस् आम प्रवृत्तिको रुपमा विकास गर्ने, सडक प्रयोगकर्ताहरुसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटनालाई न्यूनीकरण गरी धनजनको क्षति कम गर्ने, ‘समुदाय प्रहरी साझेदारी’ अवधारणालाई नागरिकमैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने जनाइएको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उक्त अभियानको प्रमुख उद्देश्य रहेको महानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ ।
सो महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरुले लक्षित समूह पहिचान गरी अभियान संचालन गर्ने पनि जानकारी दिइएको छ ।
त्यसैगरी, तीन महिनामा एक लाख जनालाई सचेतना गराउने लक्ष्य रहनुका साथै समुदाय(प्रहरी साझेदारीमा आवद्ध पदाधिकारीसँग समन्वय गरी पर्चा, पम्पलेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनी मार्फत ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र नीजि क्षेत्रका चालकहरुलाई पायक पर्ने ठाउँमा सचेतना कक्षा लिने तथा स्कुल कलेजका विद्यार्थीहरुलाई कलेज र विद्यालयमै गएर कक्षा लिने उक्त अभियान अन्तर्गत कार्ययोजना रहेको कार्यक्रममा जानकारी दिइयो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वरिष्ठ प्रहरी अधिकृतहरु,लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।