५ चैत्र २०८२, बिहीबार
दाङको घोराही उपमहानगरपालिका–३ को मुसोटखोलाको ओरालोमा यात्रु बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको रा १ ख १४८९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।


बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान पत्ता लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।