५ चैत्र २०८२, बिहीबार
काठमाडौंबाट फोहोर लिएर नुवाकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे ८ बजे काठमाडौंको तार्केश्वर नगरपालिका ३ तिनपिप्ले स्थित कोटगाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक कलंकी बस्दै आएका मकवानपुरको हेटौंडा घर भएका माईला लामा भनेर चिनिने अन्दाजी १९ वर्षीय किशोर लामा र परिचालक धादिङको गल्छी घर भएका कमल तामाङ रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार बा २ क ३३८ नम्बरको टिपर अन्दाजी ४० मीटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
गाडी अनियन्त्रित भई ओरालोमा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।