नियमित डायलासिसपछि प्रधानमन्त्री बालुवाटार फर्किए

होमल्याण्ड खबर

२०७६ पुष ११ गते, शुक्रबार १६:०८ मा प्रकाशित

मृगौलाको नियमित डायलासिस सकाएर प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्केका छन् ।

प्रधानमन्त्री ओली डायलासिसको लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली नियमित डायलासिस सकाएर निवास फर्किएको जानकारी गराएका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ ।