मिनभवनमा वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटियो

होमल्याण्ड खबर

२०७६ पुष १३ गते, आईतवार १३:५२ मा प्रकाशित

काठमाडौंको मिनभवनमा शनिबार राति ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ ।

बा।३ क १७४२ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएकी उनको मिनभवन स्थित सिभिल अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे ।

मृतकको परिचय खुलेको छैन । अहिलेसम्म आफन्त पनि सम्पर्कमा आएका छैनन् ।

घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार टिपरलाई नियन्त्रणमा लिएता पनि टिपर चालक भने फरार नै रहेकाले उनको खोजी भईरहेको छ ।