तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो

होमल्याण्ड खबर

२०७६ पुष १४ गते, सोमबार ०९:०७ मा प्रकाशित

तराईका भूभागमा साेमबार बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार देशमा अन्य भागमा भने मौसम सफा रहनेछ । महाशाखाका अनुसार केही दिन ओरालो लागेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने सोमबार बिहान ३ डिग्री सेन्टिग्रेड रहेको थियो ।

अधिकतम तापक्रम १६ डिग्री सेनिटग्रेड पुग्ने अनुमान छ । नेपालमा उल्लखनीय मौसमी प्रणाली विकसित नभएको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घन्टाभित्र तराईका भूभगमा र पहाडी उपत्यकामा हुस्सु र कुहिरो विकसित भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।