सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालतको आदेश

होमल्याण्ड खबर

२०७६ पुष १४ गते, सोमबार १५:१० मा प्रकाशित

अनुयायी बलात्कारको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदासलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीले आदेश गरेको छ ।

सोमबार(आज) सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धराैटीमा छाड्न आदेश दिएको हो ।
गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् ।

पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए । प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।